संघीय संसद्का दुवै सदनको बैठक बस्दै  « Khabarhub

संघीय संसद्का दुवै सदनको बैठक बस्दै 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठकको बैठक आज बस्ने भएको छ।

संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा सारिएको थियो ।

यसअघि प्रतिनिधिसभा बैठक संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य  निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सम्बन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हट्न पुगेको थियो ।

यस अघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ४७ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा