इंग्लिस प्रिमियर लिग :  म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए « Khabarhub

इंग्लिस प्रिमियर लिग :  म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचको खेल बराबरीमा टुंगिएको छ ।

बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका हुन् ।

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमै २–० को सफलता मिल्न पुगेको थियो ।

तर, उसको सफलता लामो समय कायम रहन सकेन । दोस्रो हाफको ५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थितिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा अन्ततः खेल २–२ को बराबरीमा रोकिन पुग्यो ।

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ४३ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी