आज पनि कार्यसूचीमा परेन संवैधानिक परिषद् सम्बन्धी विधेयक   « Khabarhub

आज पनि कार्यसूचीमा परेन संवैधानिक परिषद् सम्बन्धी विधेयक  


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक परिषद् सबन्धी विधेयकमाथि आज पनि छलफल नहुने भएको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज सो विधेयक समावेश नभए पछि छलफलै नहुने भएको हो ।

यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो खुल्न सकेको छैन। कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्का अध्यक्ष (प्रधानमन्त्री) लाई बिशेषाधिकारसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएको छ । जसका कारण सो विधेयक संसद्मा पेस हुन सकिरहेको छैन ।

तर, आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

हेर्नुस् कार्यसूची

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ५९ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा