विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : मेयर बालेन « Khabarhub

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : मेयर बालेन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास विफल भएको बताएका छन्  ।

नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले विद्यालयमा राजनीति वर्जित गरिएकोसमेत जनाएका छन् ।

‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ मेयर साहले शुकबार बिहान भनेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

महानगरपालिकाले गत बिहीबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र जारी भए पछि नेकपा बहुमत निकट विद्यार्थी संगठनले हिजो महानगरको शिक्षा विभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : २० बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने