उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज « Khabarhub

उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् ।

चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेसँगै यी दुई क्षेत्र रिक्त भएका थिए । यसैगरी चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकता विवादले पदमुक्त भएपछि पुन: चुनाव भएको हो।

यही वैशाख १० गते उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ५६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण