फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु « Khabarhub

फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

रौतहट – वीरगंज-कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ।

वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गए राति मोटरसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका-१६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो। प्रहरीका अनुसार ट्याक्टर ठोक्किएका सैनिक जवान रामको शरीर भरी रड छिरेको छ।

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ। सो घटना पछि मृतकलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही-६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ०६ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने