राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य छैन | Khabarhub Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य छैन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेत आफ्नै अभिव्यक्तिका कारण समयसमयमा चर्चामा आउने गरेका छन्। उनी आफ्ना कुराहरू स्पष्ट राख्छन्। उनी प्रतिपक्ष र विरोधीका सन्दर्भमा आक्रामक छन्। उपनिर्वाचनमा ठूला दलले पाएको पराजय र नयाँ दलको आकर्षण देखिएको छ। माओवादी, कांग्रेस र एमाले जस्ता दलप्रति जनताको विश्वास गुम्दै गएको छ। किन पुराना दलले जनताको विश्वास गुमाए ? नेतासँगको सम्बन्ध कस्तो छ र अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा केन्द्रित भएर नेता महेश बस्नेतसँग राजु थापाले गरेको कुराकानी सम्पादित अंश :

रवि लामिछाने, स्वर्णिम वाग्लेको शानदार विजयलाई कसरी लिनु भएको छ ?
नेपाली जनमत एकदम अस्थिर छ। यो तीव्र परिवर्तन र विकास चाहने जनमत हो। २०४६ सालपछिको हरेक परिवर्तनमा नेपाली जनमत कांग्रेसलाई विश्वास र भरोसाका साथ हेरेको देखिन्थ्यो। २०५१ देखि फेरि त्यो विश्वास नेकपा (एमाले)मा रहेको पाइन्छ। माओवादीलाई जनयुद्ध पछाडिका क्षणमा विश्वास गरेको देखिन्छ। त्यो निराशाभित्र राजालाई पनि व्यापक स्वागत गरेको देखिन्छ। २०६२/२०६३ को बेला हामीले बिताएका छौँ। यो १० वर्षको समीक्षा गम्भीर गर्ने ठाउँमा पुगियो भने चाहिँ देशको स्थितिलाई नियाल्न सकिन्छ। ठूला राजनीतिक दलमा ठूलो भ्रम सिर्जना भएको छ। यसबाट वैकल्पिक भनेर आफूलाई दाबी गरेका दलले पनि जनताका अपेक्षालाई पुरा गर्नको निमित्त धेरै मेहनत गर्नुपर्ने छ।

यो विजय स्वभाविक तथा अस्वाभाविक के हो ?
मेरो नजरबाट अस्वाभाविक हो। नेकपा (एमाले)को कार्यकर्ताको हैसियतले यहाँ सहभागी भएको छु। त्यस कारण सबै पाटोलाई समेट्नको लागि धेरै कार्यक्रमलाई राख्दा र हाम्रो बारेमा भ्रम सिर्जना गर्ने तथा गरेको भएका कारण यो सही नभएको जस्तो लाग्छ।

तपाईंहरूले गरेको काम हात्तीका मुखमा जिरा भएको हो ?
असंख्य शान्ति सम्झौतामा हामी आबद्ध छौँ। हाम्रो गरिबी निवारण तथा मानव अधिकारको अवस्थालाई माथि पुर्याउने कुरा हाम्रो मुलुकलाई विकास उन्मुख बनाउनको निमित्त विभिन्न अनुदान सहयोगहरू लिने आदि इत्यादि कुराहरू जो दैनिक रूपमा भइरहेका छन्। ती कुरालाई हामीले वैदेशिक हस्तक्षेपको रूपमा प्रयोगमा ल्याउनु हुँदैन।

तपाईंहरूको असफलता लुकाउनको निम्ति यसलाई ढालको रूपमा प्रयोग गर्दै हुनहुन्छ ?
पुराना भनिएका दलबाट कमजोरी भएका छन् भनेर पुराना राजनीतिक दलले भनेका ठाउँहरूमा पनि पुग्न सकिएला कि नसकिएला भनेर हेर्नुपर्छ। आज नेकपा (एमाले) त घेराबन्धीमा पारेको छ। न्यायालयसमेत हाम्रो पछि लागेको छ। सबै पक्षलाई केलाएर हेर्दा एमाले एकदम राम्रो पक्षमा रहेका छ। तर त्यो जनताले चाहेको अवस्था भने छैन।

नाच्न जान्दैन आँगन टेढो भने जस्तो तपाईंहरूले आर्जन तथा प्रदर्शन गर्ने भन्दा पनि खाली पद्धति ठिक भएन भन्नेतर्फ जानुभएको हो ?
हामीले मौका पाउँदा काम गरेका छौं। आज रविजीको क्षेत्रमा पनि तुलनात्मक रूपमै विकास कम भएको होला। भक्तपुर जिल्लामा एक नमूना विकास भएको छ। जनताले किन सकारात्मक पक्षलाई नियाल्न नसकेको हो। यो गम्भीर प्रश्न छ। जनताले विकासका कुरा नै चाहेका छन्। सुशासन, स्थिरता, भ्रष्टाचार पनि एक पक्षमा रहेका छन्। कतिपय स्थानमा भएका कार्यलाई सही रूपमा वितरण गर्न सक्नुपर्ने हुन्छ। त्यसको बारेमा ध्यानाकर्षण गर्न अति नै आवश्यक रहेको छ।

अहिलेको तपाईंहरूको पार्टीमा आएको मत गणनाको लिस्टले लज्जास्पद अवस्था बनाएको छ। त्यसले तपाईंलाई केही असर पर्दैन ?
हामीले हामी भित्र भएका कमजोरीलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ। हामी माथि भएका प्रहारलाई गम्भीर ढङ्गले प्रतिरोध गर्नुपर्छ। जुन भ्रम हाम्रोविरुद्ध पैदा भएको छ त्यसको विरुद्धमा सही सूचना सम्प्रेषण गर्न हामी लाग्नु पर्छ। नयाँ पुस्ता र सूचना प्रविधिमा हामी गम्भीर भएर लागि पर्नुपर्ने हुन्छ। जनताको अपेक्षा पुरा गर्न सकेनौँ होला गल्ती छ। त्यो हामी मान्छौँ।

अनुहारमा भएको दाग भन्दा बढी ऐनालाई दोष दिएको त होइन ?
केपी ओली सरकार हुँदा आर्थिक वृद्धिदर ७.१ प्रतिशत थियो। त्यो कुरा हामीले बुझाउन सकेनौँ होला जनतालाई। कोभिडको बेलामा पनि तीन प्रतिशत भन्दा बढी हाम्रो आर्थिक वृद्धिदर रहेको थियो। स्वास्थ्य बीमा ३९६ अस्पतालको शिलान्यास रहेको थियो। २३५ रणनीति सडक निर्माण, सदरमुकाममा सकारात्मक विकासका योजना बनाएको थियो। त्यो समयमा रेलमार्ग, धरहरा, रानीपोखरी बने। प्रधानमन्त्री रोजगारका कारण तलब बढाएको त्यो कुरालाई जनताको सामु सूचना गराउन नसकेको हो।

रवि लामिछानेको पार्टीमा त्यो नकारात्मक भोट खनिएको छ। त्यसलाई पुरा गर्न सक्नुपर्ने हुन्छ। त्यसमा सुधार हुँदै जानुपर्छ। संविधान संशोधन, पद्धतिमा संशोधन, संवैधानिकदेखि न्यायिक संशोधन गरेर जानुपर्छ भन्ने निष्कर्ष भएको छ। अहिले हामी खराब छौं र रवि लामिछाने असल हो भन्ने भ्रम पारेको छ। यही भ्रमका कारण हामी गलत देखिएको जस्तो लाग्छ। त्यसको परिणाम चाँडै देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य वास्तवमा नभएको नै हो ?
त्यो एकदम सत्य र सही हो। किनकी संविधानमा गरेको प्रबन्धलाई टेकेर सुशासन र प्रविधिलाई लिएर अगाडि बढ्नु पर्ने हुन्छ। विकास गर्ने भन्ने पनि कार्य विधि अनुसार चल्नु पर्ने हुन्छ। जनताको मार्गदर्शनमा चल्न सक्नुपर्ने अवस्था रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य कस्तो देख्नु हुन्छ ?
आजको, प्रविधि, इतिहास हेर्ने हो भने त्यो म देख्दिन। किनकी रविजीलाई मैले एकदम चिनेको मान्छे हो। ज्येष्ठ नागरिकले अघिल्लो पुस्तालाई भन्ने कुरा एउटा भयो। हामी समकालीन हौं। धेरै कुराको बारेमा हामी सूचना नै राखेर बसी राखेका छौँ। कहिले काहीँ इतिहासले नै फैसला गर्ने गरेको हुन्छ।

बालेन शाहलाई तपाईंले नक्सा हेर्न घरमा बोलाएर नक्सा देखाउनु भयो होइन ?
बालेनजीलाई मैले पाँच लाख व्यवसायी अलपत्र पार्ने काम नगर्नुहोस् भनेको हुँ। मैले केही सुझाव दिन खोजेको थिएँ। आफ्नो नीति, सिद्धान्त र चित्रमा रहेर काम गर्नुपर्छ भन्ने खोजेको मात्र हुँ।

अहिले बालेनसँग प्रेमालाप महामिलन कसरी भएको हो ?
मलाई बालेनका समर्थकहरूले तपाईँकोमा बालेनजी आउन खोज्नु भएको छ के छ समय भन्नुभयो। मैले आउनुस् स्वागत छ भनेँ, आउनुभयो। त्यो समयदेखि राम्रो नै सहकार्य भएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ०२ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार