कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै  « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

शुक्रबार अपराह्न ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ ।

आजै कर्णाली प्रदेश सभाका विभिन्न चार वटा समितिले पनि पूर्णता पाउने भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् ।

‘उहाँहरुले दलबाट प्रतिनिधित्व हुने गरी चार वटा समितिका लागि सांसदहरूको नाम पठाइसक्नु भएको छ,’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनु हुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’

समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुनेछ । ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन्,’ उनले भने, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रियाअघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ०८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक