सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो « Khabarhub

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् । 

गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरेर चासो राखेका हुन् । आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिबारे चासो राखेको लामिछानेले बताए । 

शुक्रबार शपथ ग्रहण समारोहमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ०१ बजे

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्