गुल्मीमा हवाई सेवाको सुनिश्चितता  « Khabarhub

गुल्मीमा हवाई सेवाको सुनिश्चितता 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

रेसुंगा– रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ ।

निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ । 

यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो ।  निगमको जहाजले प्रतियात्रु छ हजारमै उडाउने भएपछि रेसुंगा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो । 

परीक्षण उडानमा निगम र नागरिक उड्यन प्राधिकरण क्यानका प्राविधिक आएका थिए । ‘विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ, बिहानी समयमा उडान राम्रो हुन्छ’, क्याप्टेन बिष्टले भने, ‘रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।’ जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए। ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ’, उनले भने , ‘अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।’ निगम र रेसुंगा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ०४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका