एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : नवनियुक्त मुख्यमन्त्री पाण्डे « Khabarhub

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : नवनियुक्त मुख्यमन्त्री पाण्डे


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण  गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । नवनियुक्त पाण्डेले  उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । ‘प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ’, उनले भने ।

पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे । 

आज मुख्यमन्त्री पाण्डेसँगै दुई नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य सुशीला सिम्खडा र नेपाली कांग्रेसका सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ११ बजे

‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर– पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम

जनकपुरको कसिलो बलिङ : विराटनगरले दियो १३६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै

महेन्द्रनगर– तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे

किसानलाई हरेक वर्ष मलकै अभाव

देवदह– हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता