प्रतिनिधिसभा बैठक : बौद्धिक पलायन रोक्न सांसदको माग « Khabarhub

प्रतिनिधिसभा बैठक : बौद्धिक पलायन रोक्न सांसदको माग


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । सांसद माधवप्रसाद सापकोटाले जनआन्दोलनमा लडाकुले गरेको योगदानलाई बिर्सन नहुने बताउँदै अयोग्य लडाकुको विषयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै पालाको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए। उनले संसद्लाई भ्रमित पार्ने गरी यो विषयमा कुरा उठाउन उपयुक्त नभएको स्पष्ट पारे ।

सांसद गणेश पराजुलीले गत राति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीका बारेमा सजग गराए । सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।   

सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकर्तालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताए। सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गरे ।

सांसद डा अमरेशकुमार सिंहले मुलुकमा चरम भ्रष्टाचार बढ्दै गएको हुनाले त्यो रोक्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए। शान्तिप्रक्रियाका नाममा यसअघि पनि पार्टीले पैसा लिएको र अहिले पनि दुई लाख लिएर पार्टीले एक-एक लाख लिन खोजेको आरोप लगाए ।

सांसद गोकुल बाँस्कोटाले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको अवाञ्छित गतिविधिप्रति दुःख व्यक्त गर्दै सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध गर्न नसकेको टिप्पणी गरे ।

सांसद राजु थापाले सिद्धार्थ राजमार्गको रानीघाट पुल तत्काल निर्माण गर्नुपर्ने र त्यसले नेपालको पर्यटकमार्फत आर्थिक अवस्थामाथि उठाउनका लागि सहयोग गर्ने बताए । उनले उक्त राजमार्ग निर्माण गर्ने क्रममा पीडित परिवारलाई राहत प्रदान गर्न आग्रह गरे ।

पुष्पबहादुर शाहले माथिल्लो कर्णाली जलविद्युत् भारतको जिएमआर कम्पनीले बनाउने भने पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो जलविद्युत् निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४४ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका