नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने « Khabarhub

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो ।

आज आयोजित पत्रकार भेटघाटमा उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरूमाथि विचार विमर्श हुनेछ । ‘हाल उद्योगी तथा व्यवसायीहरूको  मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आई उत्पादनमा असर परेको जस्ता समस्या समाधानका विषयमा सरोकारवाला व्यक्तिहरूको प्रस्तुति रहनेछ’, सिबिफिनका अध्यक्ष पवन गोल्यानले भने ।

त्यस्तै चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसारको राजस्व संकलन नभएको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको जस्ता कारणले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको लगायत विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।


आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ०० बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको