नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने « Khabarhub

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो ।

आज आयोजित पत्रकार भेटघाटमा उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरूमाथि विचार विमर्श हुनेछ । ‘हाल उद्योगी तथा व्यवसायीहरूको  मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आई उत्पादनमा असर परेको जस्ता समस्या समाधानका विषयमा सरोकारवाला व्यक्तिहरूको प्रस्तुति रहनेछ’, सिबिफिनका अध्यक्ष पवन गोल्यानले भने ।

त्यस्तै चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसारको राजस्व संकलन नभएको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको जस्ता कारणले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको लगायत विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।


आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ०० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि