कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध  « Khabarhub

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–संगीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले कला, संस्कृति, गीत–संगीतलाई प्रोत्साहन गर्दै लगिएको बताए ।

‘कला, संस्कृति, गीत–संगीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने। समाजको विकासमा कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले म्युजिक अवार्ड विजेता कलाकारबाट समाजले आगामी दिनमा कला संस्कृति, गीतसंगीतबारे धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे ।

म्युजिक अवार्ड वितरण समारोहका अध्यक्ष सुमन पण्डित ‘बैरागी’ले नेपाली गीत–संगीत क्षेत्रलाई क्रियाशिल बनाउन म्युजिक खबर टिमले विगत एक दशकदेखि अवार्ड प्रदान गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा म्युजिक खबर दीर्घ साधना सम्मान–२०७९ बाट वरिष्ठ गायीका तीर्थकुमारी थापा, दशकको स्रष्टा सम्मान गायक भोजराज काफ्ले, दशकको स्रष्टा सम्मान गायीका निशा देशार, सङ्गीत पत्रकारिता सम्मान वरिष्ठ रङ्गपत्रकार सानुकाजी श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै, म्युजिक खबर रेडियोकर्मी सम्मान रेडियोकर्मी चन्द्रमणि गौतम, डायस्पोरा सङ्गीत सम्मान गायक प्रेमराज महत, युवा प्रतिभा संगीत सम्मान गायीका मनिषा पोखरेल, बालप्रतिभा प्रोत्साहन सम्मान गायीका आयुषा गौतम र संगीत स्रष्टा सम्मान गीतकार राम अविरललाई प्रदान गरियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ४७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका