आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य हुँदै | Khabarhub Khabarhub

आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य हुँदै


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ३८ बजे

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही