जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने चुनौती : मुख्यमन्त्री पाण्डे « Khabarhub

जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने चुनौती : मुख्यमन्त्री पाण्डे


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने चुनौती रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा मुख्यमन्त्री तथा कांग्रेसका सांसदलाई सम्मानार्थ आयोजित कार्यक्रममा उनले जनअपेक्षालाई आत्मसात गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समयमा लोकतन्त्र एवं संविधानलाई असफल बनाउने गरी विभिन्न किसिमले अराजकता सिर्जना गर्ने प्रयास भइहेको बताउँदै उहाँले जनतालाई विश्वास दिलाउने किसिमले काम गर्नु अपरिहार्य भएको बताए ।

कांग्रेस नेतृत्वमा भए गरेका कामको प्रचार गर्न नसकिएको बताउँदै उनले आगामी दिनमा सरकार र पार्टीबीच एक आपसमा समन्वय गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा काम पार्टीमार्फत कार्यकर्ता एवम् आम जनतामाझ पु¥याउनु जरुरी रहेको बताउँदै उनले एकआपसमा हातेमालो गर्दै अघि बढ्ने बताए ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प नरहेको बताउँदै मुख्यमन्त्रीसहित पार्टीका तर्फबाट जिम्मेवारी प्राप्त गर्ने जो कोही व्यक्ति मालिक नभै जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न आग्रह गरे । गण्डकी प्रदेशको समृद्धिका लागि कांग्रेस गण्डकीले सङ्कल्पपत्र तयार गरेको बताउँदै उनले यसलाई हृदयङ्गम गरी नीति तथा कार्यक्रम बनाउन सरकारको ध्यानाकर्षण गराए ।

गण्डकी प्राकृतिक साधनस्रोतमा सम्पन्न भए पनि त्यसको उपयोग हुन नसकेको बताउँदै उनले यिनीहरूको अधिकतम प्रयोगमार्फत जनताका आवश्यकतालाई सम्बोधन गर्दै स्वरोजगार अभिवृद्धि गर्न सकिने बताए । जनतालाई सर्वोच्च ठानेर काम गरेमा कसैसँग डराउनु नपर्ने बताउँदै सभापति शर्माले विपीका विचारलाई आत्मसात गर्दै अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा सभापति शर्माले मुख्यमन्त्री पाण्डे, नवनियुक्त मन्त्री सरस्वती अर्याल तिवारी, एवम् कांग्रेसका तर्फबाट निर्वाचित सांसदलाई कांग्रेस गण्डकीले तयार गरेको सङ्कल्पपत्र र विपीको तस्बिर हस्तान्तरण गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ३१ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका