यस सिजनको फ्रेन्च लिगको उपाधि पीएसजीलाई « Khabarhub

यस सिजनको फ्रेन्च लिगको उपाधि पीएसजीलाई


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।

स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जीत हासिल गरेको हो। यो जीतसँगै पीएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो।

पीएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए।

तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन। खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो।

यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ४४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र