नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै « Khabarhub

नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ।

कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो।

अर्को सेमिफाइनलमा भारतसँग उज्वेकिस्तान सोझो सेटमा पराजित भयो।

सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।​

काभा महिला भलिबलको उपाधिका लागि भने भारत र कजाकस्तान अपराह्न ४ बजे भिड्नेछन्।

प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ०८ बजे

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा