विकासका नाममा सभ्यता नाश गर्दै इजिप्ट | Khabarhub Khabarhub

विकासका नाममा सभ्यता नाश गर्दै इजिप्ट

पूर्खाको चिहान घर सार्नुपर्दाको छटपटाहट


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बिहान सखारै थियो। कालो पहिरनमा एक महिला थिइन्। गम्भीर मुद्रामा एक पुरुष कायरोको पुरानो सायदा नाफीसा चिहान घरमा रू उपस्थित थिए। तर, उनीहरू कुनै आफन्तको अन्त्येष्टिका लागि नभई त्यहाँबाट निकाल्नका लागि आएका थिए। देखिएको लस्करतर्फ इङ्गित गर्दै इमानले भनिन्, ‘यो दोहोरो दुःख हो।’

‘पहिलो त मेरी आमाको कुरा हो। जो मेरो पथ निर्देशक पनि हुनुहुन्थ्यो। उहाँलाई निकाल्नु छ। अनि मेरा जीवित हजुरबा र हजुरआमाले नै उहाँलाई पर मरुभूमिमा नयाँ बनाइएको स्थानमा लगेर यसलाई गाड्नु पर्नेछ’, उनले दुखेसो व्यक्त गरिन्। इमानको कथा अस्वाभाविक होइन। गएका दुई वर्षमा विश्वको सम्पदा सूचीमा रहेको कायरोका धेरै स्थानलाई नाश गरिएको छ। यसरी नाश गरिनेमा मृत सहरका एकदमै चर्चित स्थान छन्।

इजिप्ट सरकारले सडक फराकिलो बनाउनुका साथै धेरै स्थानमा फ्लाइङ ओभर ब्रिज पनि बनाउँदै छ। यसैका लागि जग्गा लिइएको छ। त्यसको असर ऐतिहासिक स्थानमा परेको छ। दुई करोड व्यक्तिको बसोबास रहेको कायरो सहरका अन्य धेरै स्थानमा समेत यसको असर परेको छ। ४५ किलोमिटर पूर्वमा अर्को प्रशासनिक स्थान बनाइँदै छ। त्यसलाई राजधानी कायरो सहरमा जोड्नका लागि अर्को मेघा परियोजना तयार गरिएको छ। परियोजनाको लागत अर्बौ डलर छ।

इमानको कथा अस्वाभाविक होइन। गएका दुई वर्षमा विश्वको सम्पदा सूचीमा रहेको कायरोका धेरै स्थानलाई नाश गरिएको छ। यसरी नाश गरिनेमा मृत सहरका एकदमै चर्चित स्थान छन्।

आधुनिक इजिप्ट बनाउने अवधारणासहित यी सबै काम भइरहेका छन्। सन् २०१४ मा राष्ट्रपति अब्दुल फताह अल सीसी सत्तामा आए यता सात हजार किलोमिटर सडक तथा ९ हजार वटा पुल बने। यी सबे काम सैन्य ठेकेदारले गरिरहेका छन्। अरब सभ्यतालाई पल्टाएर हेर्ने हो भने सातौँ शताब्दीदेखि नै महत्त्वपूर्ण हिस्सा बन्दै आएका ती सांस्कृतिक धरोहरमा केही अप्ठेरो पक्कै आएको हो। तर पनि, अब सिर्जना हुन लागेको नयाँ संरचनाले विकासको आयाम थपिने उनीहरू बताउँछन्।

‘हामी कसैको चिहान भत्काउन गइरहेका छैनौं। साथै स्मारक स्थानको पक्ष र विपक्षमा छैनौं’, राष्ट्रपति सिसीले भनेका थिए। उनले यसै संरचनालाई सकेसम्म पुरानो अवस्थामा धेरै जोगाउनकै लागि ओभर हेड पुल बनाएको बताएका थिए। उनका अधिकारी भने यसरी नाश भएका धेरै चिहान घर पुरानो शताब्दीका भएका कारण खासै फरक नपर्ने दाबी गर्न थालेका छन्।

अरब सभ्यता र यसको प्राचीन महत्त्व झल्काउने केही स्थान अझै छन्। शताब्दी अगाडि बनाइएका स्मारक र अन्य सांस्कृतिक धरोहरका स्थानमा पनि मार्बल ओछाइएका थिए। यस्ता धेरै पुरातात्त्विक महत्त्वका विषय थिए। ती नास हुँदा धेरैको मन दुख्नु स्वाभाविक हो। विश्व सम्पदा सूचीमा अटाइएका ६ स्थानमा अहिले नयाँ संरचनाको असर पर्ने भएको छ।

राज्यका प्रतिष्ठित व्यक्तिलाई यसले चिन्तामा पारेको छ। कपाल सेताम्मे भएका प्राध्यापक डा. मोस्ताफा अल सादेकको आफ्नै किसिमको दुःख छ। उनले इजिप्टको इतिहास नै ती पुरातात्त्विक महत्त्वका वस्तुले झस्काउने बताउँछन्। उनी अहिले भइरहेको विकास मूल्यहीन भएको दाबी गर्छन्। उनी कुनै पनि शर्तमा ती स्थान जोगाउनु पर्नेमा जोड दिन्छन्। सादेकलाई नै सबै भन्दा चित्त दुखेको विषय भने चिहान घर नाश हुनु नै हो।

अरब सभ्यता र यसको प्राचीन महत्त्व झल्काउने केही स्थान अझै छन्। शताब्दी अगाडि बनाइएका स्मारक र अन्य सांस्कृतिक धरोहरका स्थानमा पनि मार्बल ओछाइएका थिए।

साफीया नाफियाको सडकमा धेरै जना आफ्नो पूर्खाको शव भएको या अन्त्येष्टि गरिएको स्थानबाट पुराना अवशेष झिक्दै छन्। त्यसलाई पर कतै लगेर संरक्षित गर्ने योजनामा उनीहरू छन्। यसरी जब पुरानो संरचना भत्काएको दृश्य देख्ने बित्तिकै सादेकलाई उत्तिकै रिस उठ्न छ।

माथि राखिएको ढकन विस्तारै हटाउँदै उनीहरूले धेरै कुरा उत्खनन गर्दै जान्छन्। सोही समयमा नवौँ शताब्दीकी उमाह भन्ने महिलाको शिला लेख पनि भेटिन्छ। ‘त्यो ढुङ्गाले मलाई र मैले त्यस ढुङ्गालाई हेरिरहेको आभास भयो। म यसलाई भित्ताबाट सुरक्षित रूपले बाहिर निकाल्न चाहन्थेँ ’ सादेकले भावुक हुँदै भने। सो शिलालेख संस्कृति मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। यसलाई सङ्ग्रहालयमा राखिने अपेक्षा गरिएको छ।

डेड अफ कायरोको रूपमा परिचित त्यो स्थान मुकातम पहाडको फेदीमा छ। पछिल्लो समय बनेका घरको संरचनाले पनि त्यस स्थानको पुरानो रङलाई पुरै बदली सकेको थियो। सरकारी भवन राख्नका लागि केही घर त्यहाँबाट उठाइएका पनि थिए। आर्कीटेकका विज्ञ गालीला अल कादीको बिचारमा कायरोका पुरातात्त्विक महत्त्वका सम्पूर्ण अवशेष ध्वस्त हुनु साँच्चै दुखद हो। उनी शासकले इतिहासको महत्त्व नै बुझ्न नसकेको आरोपसमेत लगाउछिन्।

धेरै पुरातात्त्विक महत्त्वका विषय थिए। ती नास हुँदा धेरैको मन दुख्नु स्वाभाविक हो। विश्व सम्पदा सूचीमा अटाइएका ६ स्थानमा अहिले नयाँ संरचनाको असर पर्ने भएको छ।

पछिल्लो समय जग्गा दलाल र व्यापारीले यस स्थानमा नयाँ अवसरको रूपमा प्रयोग गर्न थालेका छन्। उनीहरूका लागि पुरातात्त्विक महत्त्वको स्थान नाश हुनु भन्दा धन लाभ बढी चासोको विषय बनेको छ। कादी भने बारम्बार त्यहाँको संस्कृति जोगाउनका लागि सरकारी निकायसँग वार्ता गर्न जुटिरहेकी छिन्। धेरै पटक मन्त्रीसहित सम्मेलनको आयोजना गरिन्। त्यहाँको पुरातात्त्विक महत्त्वको वस्तु जोगाउने उनको उद्देश्यले मुर्त रूप पाउन सकेन।
१९ औं शताब्दीका कालीगढ अब्दुल्ला जुहादीको चिहानलाई जोगाउने चुनौती सबैलाई थपिएको छ। त्यसै स्थानमा रानी फरीदाको शव पनि राखिएको थियो।

यसरी महत्त्वका स्थान जोगाउनका चाहनेका लागि केही सुखद पक्ष पनि नभएको होइन। २० औं शताब्दीको उपन्यासकार ताह हुसेन गाडिएको स्थानलाई भने जोगाइएको छ। त्यस स्थानमा ‘एक्स’ लेखिएको छ। अन्य धेरै शव गाडिएको स्थान हटाएपछि उसलाई राखिएको त्यस स्थान भने पूर्ण रूपमा सडकले घेरिएको हुने छ। कादीले भने सरकारले अहिले चिहानलाई पनि छुटिएको टापुको झैँ बनाएको आरोप लगाएकी छिन्।

नादीया साफीसा चिहान घरकै कथा भने आफ्नै छ। इमान जब आफ्नी आमाको याद आउँछ त्यो समय त्यहाँ टोलाएर बस्थिन्। उनलाई त्यसै समय आमाको आर्शिवाद पाएको भान हुन्थ्यो। तर अहिले उनी त्यो स्थान गुमाउँदै छन् ।

उनी आफू सहितको टोली पुरातात्त्विक स्थान जोगाउन संरक्षण गर्न सङ्घर्ष गर्ने बताउँछिन्। उनले भनिने, ‘हाम्रा इतिहास हाम्रा लागि गर्व हुन्। त्यत्तिकै नास गर्न पाइँदैन।’

नादीया साफीसा चिहान घरकै कथा भने आफ्नै छ। इमान जब आफ्नी आमाको याद आउँछ त्यो समय त्यहाँ टोलाएर बस्थिन्। उनलाई त्यसै समय आमाको आर्शिवाद पाएको भान हुन्थ्यो। तर अहिले उनी त्यो स्थान गुमाउँदै छन् । त्यहाँ दुई हजार ६ सय निजी समाधि छन्। उनीहरू यसलाई जोगाउनका लागि सरकारलाई पैसा तिर्न पनि तयार भएका छन्। तर, सरकार नयाँ भौतिक संरचनामा नै तल्लीन छ। अहिले इजिप्टको विकास क्रमसँगै संसारले धेरैले पढ्ने गरेको अरब सभ्यतामा एउटा प्रहार भने पक्कै हो।
स्रोतः बीबीसी

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : १४ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं