कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई « Khabarhub

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ।

शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो। टिकापुर नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन मात्र जोड्न सक्यो। ब्याटिङतर्फबाट टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८  बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित बमले ३२  बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्।

बलिङतर्फ गोदावरी  नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्कीले समान ३/३ विकेट लिएका थिए। खेलमा फिर्दोष अन्सारी २ विकेट लिन सफल भए।

८७  रनको मध्यम  विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १५.१ ओभर खेल्दै ५ विकेटको क्षति ८७ रन बनाउन सफल हुँदै प्रतियोगिताको उपाधि  हात पारेको हो। गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित सर्वाधिक  २३ रन बनाउँदा सैलेश कठायत १८ बलमा २० रन तथा दिपेश कडेँलले १२ बलमा अविजित १७ रन बनाएका थिए।

बलिङतर्फ टिकापुर नगरपालिकाका लागि पारस तिमिल्सिनाले ३ ओभरमा २५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल भए पनि आफ्नो टोलीलाई उपाधि दिलाउन सकेनन्।

फाइनल खेल गोदावरी नगरपालिकाले ५ विकेटले जित्न सफल भएको हो। उक्त खेलमा उत्कृष्ट अलराउण्ड  प्रदर्शन गर्न सफल गोदावरी  नगरपालिकाका खेलाडी फिर्दोष अन्सारी मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एक हजार साथै ट्रफी हात पार्न सफल भए।

विजेता  गोदावरी नगरपालिकाले एक लाख एकाउन्न हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता टिकापुर नगरपालिकाले पचहत्तर हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पुगेको छ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : ५० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड