'एनाटोमी अफ ए फल'लाई पाल्मे डी ओर अवार्ड | Khabarhub Khabarhub

‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पेरिस – यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन्। यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ। यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन्।

अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया प्रति आलोचना गरेकी थिइन्। ‘यी विरोध प्रदर्शहरुलाई स्तब्ध पार्ने गरी दमन गरिएको थियो’, हलिउड स्टार जेन फोन्डाबाट अवार्ड प्राप्त गरेपछि जस्टिनले भनिन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीमा सुधार गर्ने भन्दै सेवा निवृत्तको उमेर ६२ बाट ६४ पुर्‍याएपछि फ्रान्समा विरोध भइरहेको छ। फेस्टिभलको दोस्रो ठूलो पुरस्कार ‘द ग्राण्ड प्रिक्स’ ब्रिटिस निर्देशक जोनाथन ग्लेजरले ‘द जोन अफ इन्ट्रेस्ट’का लागि जिते। यो फिल्म दिवंगत मार्टिन अमिसको उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’मा आधारित छ।

फेस्टिभलमा जापानी अभिनेता कोजी याकुसोले फिल्म ‘विम वेन्डर्स परफेक्ट डेज’का लागि ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते। फिल्ममा कोजीले टोकियोमा शौचालय सफा गर्ने मध्यम उमेरका युवाको भूमिका निभाएका छन्। त्यस्तै टर्कीकी मर्भ डिजडरले ‘एबाउट ड्राइ ग्रासेस’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पोल्टामा पारिन्।

भियतनामी-फ्रान्सेली निर्देशक ट्रान एन्ह हुङ ‘पोट-अउ-फिउ’का लागि ‘उत्कृष्ट निर्देशक’को हकदार बने। यो फिल्मले १९ औं शताब्दीमा फ्रान्सेली महलमा भएको जुलाइटी बिनोचे र बिनोट मागिमेलको प्रेमकथालाई देखाएको छ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ५९ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो