रेशम चौधरीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस « Khabarhub

रेशम चौधरीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले रेशमलाल चौधरीको बाँकी सजाय मिनाहा गर्दै आममाफी दिने भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसांसद चौधरीको बाँकी सजाय मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही विषयहरू सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजाय मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन्।

उनका अनुसार आजको मन्त्रीपरिषद् बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङ्घन गरिएको छैन। ‘हामीले विभिन्न कानुन व्यवसायसँग गरेको सल्लाह अनुसार कानुनतः ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौँ’ उनले भनिन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १२ : ५३ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा