भेडापालनमा तमानखोलाका युवाको आकर्षण  « Khabarhub

भेडापालनमा तमानखोलाका युवाको आकर्षण 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उहाँको सन्तुष्टि भने भेडापालमा भेटिएको छ । 

अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ ।

भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनले बताएका छन् । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुगेका छन् । उनले पालेका एक सय पाँच भेडा अब भदौमा मात्रै घर फर्कंनेछन्

‘बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागे, सानैमा भेडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेडीगोठमा लागेको हुँ’, युवा भेडापालक किसान सिजनले भने, ‘कम्तीमा दुई सय भेडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जंगंली जनवारले नसताएमा अब मङ्सिरमा घर आउँदा भेडा झण्डै एक सय ४० भन्दामाथि पुग्नेछन् ।’

एक वर्षमा ४० देखि ५० भेडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेडापालनलाई व्यवस्थित गर्दै आएको उनको भनाइ छ । रोज्जा साँढको मूल्य रु ३५ हजारसम्म पर्ने गरेको उनले बताए । सरदर रु १० हजारदेखि ३५ हजारसम्म साँढ, भेडा र पाठीको मूल्य पर्दछ । भेडापालनबाटै वार्षिक छ लाख आम्दानी गर्दै आएको उनको भनाइ छ ।

‘भेडापालन एक कष्टकर पेसा हो, घरमै बसेर भेडापालन हुँदैन, जंगलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ’, उनले भने, ‘वार्षिक सरदरमा रु छ लाख आम्दानी हुन्छ, जंगली जनवारको आक्रमणमा नपरे अझ धेरै हुनसक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्न ।’ 

उनले भेडा चराउनका लागि वैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेडा चराउन लैजाने गरेको बताएका छन् । वर्षमा मङ्सिर महिना मात्रै भेडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ । 

परम्परागत भेडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो । पुर्खादेखिको पेसा धान्दै भेडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेडापालनमा आकर्षित भएका हुन् । सिजनसँगै भेडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय छन्।

तारानाथका अहिले २५ मात्रै भेडा छन् । उनले यस वर्ष भेडाको सङ्ख्या बढाउने बताए । पुस्तान्तरणको अभावमा कतिपय पेसा लोप हुने अवस्थामा पुगे पनि भेडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेडापालक किसान तारानाथको भनाइ छ ।

उनले गाउँपालिकाले युवा भेडापालक किसानलाई भेडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताए । खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उनको भनाइ छ । ‘गाउँपालिकाले भेडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जंगलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ’, उनले भने, ‘भेडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेसा हो ।’

पछिल्लो समय भेडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकाले भेडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : २६ बजे

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका

एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण  

दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले