धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा  « Khabarhub

धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारमा  आयोजना गरेको धर्नाबाट १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शिता र जबाफदेहीता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरू अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : ०३ बजे

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक