नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने « Khabarhub

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक पूर्वाधार निर्माणका लागि कुट्टी संरक्षण व्यवस्थापन समितिको तर्फबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

कुट्टीको स्थलगत अवलोकनका क्रममा प्रदेशसभा सदस्य कृष्णा केसी, समाजसेवी प्रवेज अलि सिद्दिकीलगायतको टोलीसमक्ष समितिका अध्यक्ष तथा पुजारी हाजी बरकत अली शाहले कुट्टीमा भौतिक संरचना निर्माणको आवश्यकता रहेको जानकारी दिँदै यसतर्फ ध्यानाकर्षण गराएका हुन् । 

उनले शाह सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक आउने भक्तजनको लागि बस्नका लागि स्थान अभाव भएकाले बस्ने स्थान निर्माणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । ‘कुट्टीमा सोमबार र बिहीबार भक्तजनको ठूलो भीड लाग्दछ । यहाँ आउने भक्तजनका लागि खानाको व्यवस्था कुट्टीले नै गर्दै आएको छ’, पुजारी शाहले भने । 

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक आउने भक्तजनका लागि आश्रयस्थलको अभाव रहेको भन्दै यहाँको भौतिक पूर्वाधार विकासका लागि आफूले प्रदेश सरकारका तथा स्थानीय तहबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कुट्टीमा सबै धर्म र सम्प्रदायका मानिस आउने भएकाले सामाजिक तथा धार्मिक सद्भावको प्रतीकका रुपमा यसलाई लिन सकिने उनको भनाइ थियो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ बजेटमार्फत कुट्टी व्यवस्थापनमा लगानी हुने जानकारी दिए । उक्त कुट्टी करिब १८ बिघा जग्गामा रहेको छ । नरैनपुर गाउपालिकालाई जिल्लाकै तपोभूमिका रुपमा लिने गरिन्छ । 

यहाँ सन्तानेश्वर महादेव, सुन्दरमुन्दर, बाबा बर्फानी, गोवर्द्धन धामलगायत धार्मिक महत्वका स्थान छन् । यस क्षेत्रमा रहेका धार्मिक महत्वका स्थानले यहाँ पर्यटन प्रवर्द्धन समेत गरिरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : २२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले