‘भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्छ’ « Khabarhub

‘भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्छ’


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका छन् । 

आइतबार किर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका हुन् । 

उनले व्यापार पारावहनसम्बन्धी विषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अर्थपूर्ण हुने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा वर्षौँदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको बताए । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरि वशिष्ठ तवरले गर्न तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत बेतिथि र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसकाविरुद्ध लडाइ सुरु गरिएको बताए ।

उनले बढ्दो बेरोजगारी मुलुकको समस्यामा रुपमा रहेकाले आफ्नो शिक्षा नितीलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मुलुकको आवश्यता अनुसारको शिक्षा नीति अवलम्बन गर्न नसकिएको उनको भनाइ छ ।  

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : ३२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु