‘भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्छ’ « Khabarhub

‘भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्छ’


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका छन् । 

आइतबार किर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक थ्रू हुनसक्ने बताएका हुन् । 

उनले व्यापार पारावहनसम्बन्धी विषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अर्थपूर्ण हुने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा वर्षौँदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको बताए । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरि वशिष्ठ तवरले गर्न तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत बेतिथि र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसकाविरुद्ध लडाइ सुरु गरिएको बताए ।

उनले बढ्दो बेरोजगारी मुलुकको समस्यामा रुपमा रहेकाले आफ्नो शिक्षा नितीलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मुलुकको आवश्यता अनुसारको शिक्षा नीति अवलम्बन गर्न नसकिएको उनको भनाइ छ ।  

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : ३२ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह