सेयर बजार १७.३८ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजार १७.३८ अंकको गिरावट


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा लगातार ७ दिनको वृद्धिपछि आइतबार बजार करेक्सनमा गएको छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा केही दबाब परेको अनुमान गरिएको छ । आइतबार पनि अन्तिम प्रहरमा मात्र बिक्रेता हावी भएका हुन् । कारोबार अधिकांश समय भने बजार हरियो नै रहेको थियो । 

लगातार ७ कार्य दिन बढेको बजारमा करेक्सन आउनु स्वभाविक पनि हो । ट्रेडरहरुले निश्चित प्रतिशत मुनाफामा खरिदबिक्री गर्ने भएकाले पनि बजारमा उतारचढावहरू आइरहन्छ, जुन स्वभाविक पनि हो । सोमबार नयाँ बजेट आउँदैछ । बजेटमा लगानीकर्ताले पुँजीगत लाभकर घटाउने लगायतका सुधारको अपेक्षा गरेका छन् ।

समग्रमा पछिल्ला दिनहरूमा सेयर बजारको गति सकारात्मक रह्यो । १८०७ विन्दुमा आएको बजार करिब डेढ सय अंक बढेर १९५० भन्दा माथि पुग्यो । यसले लगानीकर्तामा केही उत्साह भने अवश्य जगाएको छ । 

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : १८ बजे

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

वालिङ– यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट

पाटन डबलीमा कार्तिक नाच (तस्बिरहरु)

काठमाडौं– तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच सुरु भएको

समस्याग्रस्त सहकारी अनुगमन गर्न सरकारले प्रदेशस्तरीय टोली गठन गर्ने

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीको अनुगमन गर्न प्रदेशस्तरीय टोली गठन

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 

काठमाडौं– बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य