शैक्षिक सूचकाङ्क सुधारोन्मुख « Khabarhub

शैक्षिक सूचकाङ्क सुधारोन्मुख


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गरेको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा प्राथमिक तहको खुद भर्ना दर ९७ दशमलव १, आधारभूत तहमा ९६ दशमलव १ र माध्यमिक तहमा ५७ दशमलव ४ प्रतिशत पुगेको छ । उक्त प्रतिशत गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि हो । कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर शैक्षिकसत्र २०७८ मा ८५ दशमलव ६, कक्षा १० सम्ममा ६७ दशमलव ३ र कक्षा १२ सम्ममा ३५ दशमलव ४ प्रतिशत पुगेको छ । यस्तै १५ वर्ष उमेर माथिका नागरिकको साक्षरता दर ५८ रहेको छ ।

चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८ दशमलव २२ प्रतिशत रहने र उत्पादन ४ दशमलव ०७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान शून्य दशमलव ११ प्रतिशतले सामान्य वृद्धि हुने अनुमान रहेको छ ।

सर्वेक्षणले विश्वका एक सय ९१ मुलुकमध्ये मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४३औँ स्थानमा परेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : ३९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको