अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि | Khabarhub Khabarhub

अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा पठाइएको अमेरिकी सहायताको तालिबानबाट दुरुपयोग गरिरहेको भन्दै अमेरिकाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडलाई लेखेको पत्रमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको विदेश नीति समितिका अध्यक्ष माइकल मकौलले चिन्ता व्यक्त गरेका हुन् ।

पत्रमा उनले युएसएडजस्ता अमेरिकी संस्थाले पठाएका मानवीय सहायताको दुरुपयोग भइरहेको बताउँदै आम अफगान जनतामाझ ती सहायता पुग्न नसकेको उल्लेख गरेका छन् ।

हाउस अफ रिप्रजेन्टेटिभका अन्य केही सदस्यले समेत हस्ताक्षर गरेको उक्त पत्रमा अफगानिस्तानमा मानवीय संकट रहेको सत्य भएको र तालिबानलाई भन्दा अफगान जनतालाई पुग्नेगरी सहायता उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यता तालिबान प्रशासनले भने सहायताको दुरुपयोग भइरहेको आरोपको खण्डन गरेको छ । तालिबान प्रशासनअन्तर्गतको अफगान अर्थ मन्त्रालयका उपमन्त्री अब्दुल लतिफ नजारीले आफूले प्राप्त गरेका सहायतालाई पारदर्शी रुपमा वितरण गर्दै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : १३ बजे

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै