पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो | Khabarhub Khabarhub

पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

अमृतसर- भारतीय सीमा सुरक्षा बलले पञ्जाब राज्यको अमृतसरनजिकै सीमा क्षेत्रमा लागूऔषध बोकेको चालकरहीत पकिस्तानी ड्रोन खसालेका छन् । सीमा सुरक्षा बलका जवानहरूले शनिबार राति अमृतसरनजिकैको धनोए खुर्द क्षेत्रमा लागूऔषध हेरोइन बोकेको पाकिस्तानी ड्रोन खसालेका हुन् ।

ड्रोनमा ३.४ किलो अवैध लागूऔषध हेरोइन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै ड्रोनबाट खसेको हेरोइन लिन आएका एक जना तस्करलाई नियन्त्रणमा लिइएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर साढे ९ बजेतिर पाकिस्तानबाट उडेको ड्रोनको आवाज सुनेपछि सो क्षेत्रमा गस्ती गरिरहेका सुरक्षा बलका सुरक्षाकर्मीले हवाई फायर गरेका थिए ।

सुरक्षाकर्मीको हवाई फायरबाट उक्त ड्रोन नजिकैको खेतमा खसेको बताइएको छ । सोही खेतमा खोजतलास गर्ने क्रममा डीजेआई मेट्रिस आरटीके ३०० ड्रोन बरामद गरेका हुन् ।

बरामद गरिएको ड्रोनमा तीन वटा पोका पारिएका ३ किलो ४ सय ग्राम लागूऔषध हेरोइन रहेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय अखबार अमर उजालाको अनलाइन संस्करणले जनाएको छ।

पछिल्लो समय पाकिस्तानबाट ड्रोनमार्फत् भारततर्फ लागूऔषध तस्करी हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  २ : ३६ बजे

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल