बाँकेको नरैनापुरमा ११ घर जलेर नष्ट | Khabarhub Khabarhub

बाँकेको नरैनापुरमा ११ घर जलेर नष्ट


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आगलागीका कारण रु १७ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

दिउँसो १२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह दमकल लिएर आगो नियन्त्रण गर्न पुगेका थिए । अध्यक्ष शाहले समयमै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए ।

पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुने गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १० : ४१ बजे

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख

ऊर्जामन्त्री खड्काको एक वर्ष : ऐन, कानुन निर्माणसहित विद्युत् विकास विस्तार

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको

नवजात शिशु र आमाको उद्धार

त्रिवेणी – रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको

धरान–चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

सुनसरी– मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडकखण्डमा पर्ने बाघ खोला, बगुवा

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र राष्ट्रपति सीबीच भेट

मस्को– रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार बेइजिङमा चीनका राष्ट्रपति सी