युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित चार जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित चार जनाको मृत्यु


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किभ- पूर्वी युक्रेनको क्रामाटोर्स्क क्षेत्रको मध्य भागमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिक रूपमा खाने ठाउँहरू थिए’ उनले भनेका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।

युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, ‘रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’

सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ३० बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण