युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित चार जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित चार जनाको मृत्यु


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किभ- पूर्वी युक्रेनको क्रामाटोर्स्क क्षेत्रको मध्य भागमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिक रूपमा खाने ठाउँहरू थिए’ उनले भनेका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।

युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, ‘रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’

सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ३० बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा