ठेकेदारको लापरबाहीले खोटाङमा सडकको काम गुणस्तरहीन « Khabarhub

ठेकेदारको लापरबाहीले खोटाङमा सडकको काम गुणस्तरहीन


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ ।

ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो ।

सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिकाका अध्यक्ष राईले बताए । ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि ड्रेन नाली भत्काएको उनले बताए ।

“गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ”, अध्यक्ष राईले भने, “ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।” सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

विसं २०७९ माघ ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २ गते रू ४३ लाख ९९ हजार नौ सय ६१ मा ठेक्का सम्झौता भएको थियो ।सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्त गतिमा अगाडि बढाएको स्थानीयको भनाइ छ ।

तोकिएको समयमा सडक सम्पन्न नभएपछि जेठ मसान्तसम्मका लागि पहिलोपटक म्याद थप गरिएको इन्जिनियर मुकेशकुमार यादवले बताए । उनका अनुसार थप गरिएको समयसिमा पनि सकिएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ४६ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित