बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागी भइ गभर्नर अधिकारी स्वदेश फिर्ता « Khabarhub

बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागी भइ गभर्नर अधिकारी स्वदेश फिर्ता


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यही असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९३ औं वार्षिक बैठकमा सहभागी भइ स्वदेश फर्केका छन् ।

सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो । बैठकका क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए ।

उक्त कार्यक्रममा उनले क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको उल्लेख गरेका थिए ।

बैठकका दौरान गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग भेटवार्ता पनि गरेका थिए । भेटवार्ताका क्रममा उनीहरूबीच मूल्य स्थिति, वित्तीय स्थायित्व र वाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ ।

सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी