बकरइद भोलि « Khabarhub

बकरइद भोलि


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद (इद उल अजहा) बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि कुर्बानी दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी दूत इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानीको सट्टा स्वर्गमा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई  मुसलमानहरुले कायम राखेको पाइएको छ ।

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई,  अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को  एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । भोलि पर्व मनाउनका लागि मुसलमान समुदायक तयारीमा जुटेका छन् । गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको  थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०/१० दिन पछि सर्दै जाने भएकाले  ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ ।

यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् । बकरिद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ ।

बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरुको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ । ठूलो जनावरमा राँगा, भैँसी, ऊँटजस्ता जनावरको हलाल गरिन्छ । त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ ।

कतिपय मानिसहरुले मृतात्मा बुबा, हजुर बुबाआमा, पत्नी वा पतिको सम्झनामा कुर्बानी दिने गर्दछन् । अरब देशमा आज मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा भोलि मनाइने भएको छ ।

किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ । झापाको विर्तामोड निवासी स्मार्ट टेलर्सका सञ्चालक हाजी सहिदुल हकले यो पर्वले हामी मुसलमान समुदायमा उमङ्ग र उत्साह थपेको बताए । उनले कुर्बानीका लागि खरिद गरिएको खसीको मोलाइ नगरेको जानकारी दिए । सुनसरी चाँदबेला निवासी सलाम मियाँले खसी र भैँसी दुवैलाई कुर्बानी दिने जनाए ।

विराटनगरको जनपथ निवासी करिया मियाँले यस वर्ष आफूले कुर्बानी गर्न नपाउँदा निकै दुःख लागेको तर आगामी कुर्बानी गर्ने दृढता व्यक्त गरे । कुर्बानीका लागि अहिले बजारमा खसी, बाख्रा, भैँसी र राँगाको मूल्य पनि अकासिएको छ । इद उल अजहाको नमाज इदगाह वा मस्जिदमा सामूहिक रुपमा पढ्ने गरिन्छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ५ : ४४ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,