सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नबनाउन रास्वपाको आग्रह « Khabarhub

सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नबनाउन रास्वपाको आग्रह


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नराख्न अनुरोध गरेको छ ।

बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्न भन्दै अनुरोध गरेको हो ।

राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पतिको दुरुपयोग नगर्न सूचनामार्फत् रास्वापाले सचेत गराएको छ ।

गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो। रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : १९ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच