सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नबनाउन रास्वपाको आग्रह « Khabarhub

सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नबनाउन रास्वपाको आग्रह


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नराख्न अनुरोध गरेको छ ।

बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्न भन्दै अनुरोध गरेको हो ।

राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पतिको दुरुपयोग नगर्न सूचनामार्फत् रास्वापाले सचेत गराएको छ ।

गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो। रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : १९ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा