पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित « Khabarhub

पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ । विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।

वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको भाटले बताए । उनले भने, “विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ । भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ ।” विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको उनको भनाइ छ ।

उनले भने, “विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्, विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द गरेका छैनौँ ।”

विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ । विसं २०१८ मा स्थापना भएको यो विद्यालयमा कक्षा १० सम्म पढाइ हुने गरेको छ । यहाँ दुई सय ५२ जना विद्यार्थी अध्ययनरत छन् ।

यसैबीच पहिरोका कारण बैतडीको सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ । विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

उनले भने, “विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ । बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा गरेको छ ।”

चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको उनको भनाइ छ ।

कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । मनसुनी वर्षा सुरु भएसँगै पहिरोका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : ५५ बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी