अन्तर्राष्ट्रिय

अब युक्रेनको चासो हवाई आक्रमण

By मनोज घिमिरे

July 28, 2023

दक्षिणी भागमा प्रत्याक्रमणको जिम्मा लिएका युक्रेनका सैन्य कमान्डरले युद्ध सामग्रीको अभावका कारण रुसले युक्रेनी सेनालाई अघि बढ्न अप्ठेरो परिरहेको बताएका छन्। जनरल अलेक्जेन्डर टार्नाभस्कीले तार बिछ्याएको विभिन्न बाधा अड्चनका साथै सुदृढ बनेको रक्षा कबचलाई पार गर्न कठिन भएको बताएका हुन्। उनले हवाई सेनाको सहारामा धेरै काम गर्नुपरेको समेत बताएका छन्। युक्रेनी सेनालाई अघि बढ्नबाट रोक्ने क्रममा रुसी सेनाले पेसागत दक्षता देखाएको समेत उनले स्वीकार गरेका छन्। आफूले शत्रुलाई कहिल्यै अवमूल्यन नगर्ने समेत उनले बताए।

अमेरिकाको अपुष्ट जानकारी अनुसार युक्रेनबाट प्रत्याक्रमणका लागि जोर चली रहेको छ। द इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार रुसका केही पूर्व तयारीका कारण अघि बढ्ने बाटो बन्द भएको छ। यसका बाबजुद धेरैलाई के विश्वास छ भने पश्चिमाले सहयोग गरेको ट्याङ्क र केही महत्त्वपूर्ण युद्ध पोतका कारण रुसमाथि युक्रेन हाबी हुन सक्नेछ।

अमेरिकाको अपुष्ट जानकारी अनुसार युक्रेनबाट प्रत्याक्रमणका लागि जोर चली रहेको छ। द इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार रुसका केही पूर्व तयारीका कारण अघि बढ्ने बाटो बन्द भएको छ।

युक्रेन आक्रमणको पहिलो दिन ओरकीभी सहर नजिकै अमेरिकाले दिएका धेरै ट्याङ्क र युद्ध सवारी साधन ध्वस्त बनाइएका छन्। पश्चिमाबाट सबै भन्दा बढी प्रशिक्षित गराइएको युक्रेनको ४७ औं ब्रिगेड अहिले रुसको रक्षापंक्तीको लाइनका कारण अड्किएको छ। यसै कारण हवाई आक्रमणको तयारी भएको छ। रुसले युक्रेनको आक्रमण असफल भएको भन्दै धेरै भिडियो सार्वजनिक भएको छ। तथापि पश्चिमा शक्ति र युक्रेनको विश्वास सुरुवाती चरणमा केही अप्ठेरो भए पनि विस्तारै युक्रेनले सफलता पाउँछ भन्नेमा छ।

४७ औं ब्रिगेड रहेको स्थान बाहिर जङ्गल छ। सोही जङ्गलको छेउमा ट्याङ्क र अन्य सवारी सधान राखिएका छन्। यसलाई बनाउन युक्रेनी रक्षा निकाय लागि परेको छ। तिनीहरू निस्फिक्री र जोसका साथ त्यहाँ पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूका ट्याङ्क बिग्रिएका छन् र पाङ्ग्रामा समस्या उत्पन्न भएको छ। यसले रुसले बिछ्याएको विस्फोटक पदार्थमा उनीहरू परेको प्रस्ट भएको छ।

४७ औं ब्रिगेड रहेको स्थान बाहिर जङ्गल छ। सोही जङ्गलको छेउमा ट्याङ्क र अन्य सवारी सधान राखिएका छन्। यसलाई बनाउन युक्रेनी रक्षा निकाय लागि परेको छ।

सेनाका इन्जिनियर सेरीका अनुसार जत्ति चाँडो बनाउन सक्यो उत्ति चाँडो नै फ्रन्टलाइनमा भएका धेरैको ज्यान जोगाउन सहज हुनेछ। उनले थप बताएकी केही उपकरण बनाउन सम्भव छैन। यसका पार्टपुर्जा अन्य स्थानमा प्रयोग गर्ने या सहयोग गर्नेलाई फेरि बनाउन दिने भन्ने निर्णय हुन बाँकी नै छ।

पश्चिमाले राम्रो युद्धपोतहरु नै युक्रेनलाई दिएका थिए। रुसले तयार गरेको अवरोधलाई पार गर्दै ती सबै अघि बढ्ने छन् भन्ने विश्वास उनीहरूलाई थियो। दक्षिणतर्फको अग्र मोर्चामा बेलायतले दिएको युद्धपोत पनि बिग्रिएका छन्।बिछ्याइएका एम्बुस पार गर्न ४७ औं ब्रिगेडले अहिले सोभियत कालका पुराना उपकरणको प्रयोग गरिरहेको छ। जमिनमा बिछ्याइएको विस्फोटक पदार्थ निस्तेज पार्ने विज्ञहरू साथमा रहे पनि उनीहरूलाई जमिनमा राखिएकै पदार्थले सताइ रहेको छ। यसै कारण उनीहरूले अवरोधको सामना गरिरहेका छन्।

ट्याङ्क कमान्डर म्याक्सा बिग्रिएको टी–६४ ट्याङ्कको नजिक छन्। अब के गर्ने भन्नेमा उनी बिलखबन्दमा परेका छन्। यसमा दुई रोलर जडान गरिएका छन्। माइन सफा गर्ने उपकरण त्यहाँ नभएका होइनन्। परन्तु पहिलो रात नै एउटा रोलर बिग्रिएको छ। नौ वटासम्म माइन विस्फोट हुँदा रोलरले थेग्न सक्थ्यो। तर, रुसी तयारीका कारण उनको ट्याङ्कले त्यो पार गर्न सकेन। रोलर नै क्षतविक्षत भयो। यो घटना युक्रेनको स्वयं सेवक सेनाका लागि पनि नसोचिएको थियो। पश्चिमा देशले गरेको सहयोगका कारण उनीहरू चाँडो नै युद्धमा युक्रेनले जित हात पार्ने कुरामा विश्वस्त समेत थिए।

जारी युद्धले विभिन्न चरण पार गरेको छ। सुरुवाती दिनमा रुस युक्रेनमाथि आक्रामक रूपमा प्रस्तुत हुँदा केही भाग गुमेको थियो। पश्चिमा राष्ट्र र नाटोको सहयोगमा रहेको युक्रेनले अहिले आफूलाई रक्षापक्तिको बलियो बनाएको छ।

गत वर्ष खर्सेनमा पनि यस्तै प्रत्याक्रमणमा युक्रेनले सफलता पाएको थियो। त्यस युद्धमा समावेश एक स्वयंसेवक सेना अहिले पनि सफलता पाउने कुरामा विश्वस्त थिए। उनको अनुभवमा सेना हवाई आक्रमणबाट भन्दा बढी माइन विस्फोट हुँदा घाइते हुन्छन्। अगाडि बढ्ने क्रममा जताततै माइन भेटिएको उनको अनुभव छ।

जारी युद्धले विभिन्न चरण पार गरेको छ। सुरुवाती दिनमा नै रुसले युक्रेनमा आक्रामक रूपमा प्रस्तुत हुँदै केही भू-भाग समेत समस्यामा परेको थियो। पश्चिमा राष्ट्र र नाटोको सहयोगमा रहेको युक्रेनले आफूलाई रक्षापक्तिमा बलियो बनाएको छ। त्यसपछि विस्तारै युक्रेन युद्धमा हाबी हुँदै आएको थियो। यसरी हाबी हुँदै आउने क्रममा केही भूभाग समेत फिर्ता लिएको थियो। केही महिनामा नै युद्ध जित्ने अपेक्षा राखेको रुस तिलमिलाएको मात्र छैन युक्रेनीको आत्मबलको अगाडि नसोचेको परिणामतर्फ उन्मुख भएको थियो।

यसरी लामो समय अघि बढेको युद्धमा पछिल्लो समय युक्रेन अझ आक्रामक भएको हो। यो आक्रमणको सुरुवाती चरणमा दक्षिणको झाम्पोटारियामा भएको थियो। त्यहाँ पुलहरु भत्काइएका थिए। त्यही अवस्था बाखमुटमा पनि थियो। गत महिना नै युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीका सल्लाहकार मिखायल पोडोलायकले रुस माथि मानसिक दबाब दिने र कमजोर बनाउने नीति लिएको बताएका थिए।

सुरुको १८ महिनाको समयमा रुसले पक्कै केही महत्त्वपूर्ण पाठ सिकेको थियो। युक्रेनले अहिले कमान्ड सेन्टर ऊर्जा केन्द्रमा नै लक्षित गरेको थियो। युद्धको यो एउटा महत्त्वपूर्ण चरण थियो। यस चरणमा सफलता पाए युद्ध युक्रेनले नै जित्ने नाटोको समेत अनुमान थियो।

जुन महिनामा नै रुसले आफूले कब्जा गरेको भूभाग सुरक्षित राख्नका लागि बखमुटमा धेरै सेना तैनाथ गरेको थियो। तर युक्रेनले चासो भने डोन्सटकेमा दिएको थियो। यो प्रत्याक्रमणको सुरुवातमा युक्रेनसँग धेरै छनोट भएका कारण रुसी टोली धेरैपछि हुने अनुमान गरिएको थियो। तर, यसको फाइदा युक्रेनलाई धेरै नभएको ठहर भएको छ। माइन बिछ्याउँदै आफूलाई सुरक्षित राखेको छ।

सुरुको १८ महिनाको समयमा रुसले पक्कै केही महत्त्वपूर्ण पाठ सिकेको थियो। युक्रेनले अहिले कमान्ड सेन्टर ऊर्जा केन्द्रमा नै लक्षित गरेको थियो। युद्धको यो एउटा महत्त्वपूर्ण चरण थियो। यस चरणमा सफलता पाए युद्ध युक्रेनले नै जित्ने नाटोको समेत अनुमान थियो। तर माइन बिछ्याएपछि युद्धमा युक्रेनलाई केही अप्ठेरो परेको छ। परन्तु हवाई आक्रमणका साथै अघि बढ्ने नयाँ योजनामा सफलता पाउन सक्ने छ। अहिले बिग्रिएका ट्याङ्क र युद्ध पोतको साटो सायद अझै पश्चिमा देशले अर्को सहयोग पनि केही दिनमा नै गर्न सक्ने छन्। स्रोतः बीबीसी, सीएनएन