अमेरिकामा भेटियो ४८६ खुट्टा भएको जीव | Khabarhub Khabarhub

अमेरिकामा भेटियो ४८६ खुट्टा भएको जीव


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ ।

यो पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको थियो  ।

जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामने आएका थिए । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ।

‘हाम्रो खुट्टामुनि, दरारहरूमा, चट्टानहरू मुनि वा लस एन्जलसमा माटोको थुप्रोमा यिनीहरू घुमिरहेका हुनेछन भनेर सोच्नु अचम्मको कुरा हो,’ उनले भने।

भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरू पनि यस खोजमा संलग्न थिए। उनको शोधपत्र जुकीज जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ४३ बजे

चौध वर्षमा पनि बनेन कमलामा पुल

सिरहा– कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौं– गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

इलाम– केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ

कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ

काँक्रेविहार– आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक