मुलुक बनाउने जिम्मेवारी युवाहरुले लिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « Khabarhub

मुलुक बनाउने जिम्मेवारी युवाहरुले लिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक बनाउने जिम्मेवारी अब युवाहरुले लिनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा योङ्ग प्रोफेशनल फेलोसिप नेपाल २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति गर्नेहरुले देशलाई स्वर्गको टुक्राजस्तो बनाउन नसकेको भन्दै अब युवाहरुले यसको जिम्मा लिनुपर्ने बताएका हुन् ।

देशलाई परिवर्तन गर्न र नयाँ व्यवस्था स्थापित गर्ने आन्दोलनमा राजनीतिज्ञहरुको आवश्यक भूमिका रहेको भन्दै उनले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्ने कुरामा भने अल्मलिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई सशक्तिकरण गर्दा व्यक्तिलाई मात्रै नभई राष्ट्रको समग्र विकासका लागि पनि निर्णायक हुने धारणा राखे ।

युवाहरु विकासका मार्गदर्शक, नवप्रवर्द्धक भएकाले द्रूत गतिमा विश्वलाई परिवर्तित आकार प्रदान गर्ने काम पनि युवाहरुको नै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : ०७ बजे

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव