फ्रान्सले कोभ्याक्समार्फत पठाएको खोप नेपाल आइपुग्यो « Khabarhub

फ्रान्सले कोभ्याक्समार्फत पठाएको खोप नेपाल आइपुग्यो


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्स सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको कोभिड १९ विरुद्धको ७ लाख २ हजार ७ सय २ मात्रा फाइजर–बायोएनटेकको बाइभ्यालेन्ट खोप नेपाल आइपुगेको छ ।

कोभिड १९ विरुद्ध जारी खोप अभियानलाई सहयोग गर्न फ्रान्स सरकारले उक्त परिमाणको खोप नेपाल पठाएको हो । फ्रान्स सरकारले पठाएको खोपको अन्तिम किस्ता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

फ्रान्सले यसअघि सन् २०२२ मा कोभ्याक्समार्फत नेपाललाई एस्ट्राजेनेका खोपको ६ लाख ८५ हजार ४ सय मात्रा प्रदान गरेको थियो । त्यसपछि अप्रिल २०२३ मा पनि संयुक्त युरोपेली संघको एक हिस्साका रूपमा फाइजर–बायोटेकको १ लाख ९५ हजार ८ सय ४० मात्रा बाइ–भ्यालेन्ट खोप नेपाल आएको थियो ।

नेपालमा हाल दैनिक नयाँ कोरोना संक्रमणको संख्या तुलनात्मक रुपमा कम भएता पनि सरकारले अझै पनि समुदायिक स्वास्थ्य सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्दै खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । खासगरी कम रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू, विद्यमान स्वास्थ्य समस्या रहेका र वृद्धवृद्धा गर्भवती महिलालगायत जोखिमयुक्त जनसङ्ख्याहरूका लागि खोप कार्यक्रम महत्वपूर्ण मानिएको छ ।

२०२१ को सुरुवातमा कोभिड १९ विरुद्ध खोपको विश्वव्यापी अभियान सुरु हुँदा कोभ्याक्स संयन्त्रलाई खोपहरू प्रदान गर्नेमा फ्रान्स प्रमुख देश रहेको थियो । त्यसयता फ्रान्सले नेपालसहितका मुलुकलाई खोप सहयोग गर्दै आएको छ ।

यस अवसरमा नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले कोभिड १९ लाई सम्बोधन गर्न बहुपक्षीय मञ्चहरूमा साझेदारहरूसँग काम गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाए ।

उक्त अवसरमा युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुंगाले भनिन् ‘कोभ्याक्सका साझेदारहरूको तर्फबाट युनिसेफ कोभिड(१९ विरूद्धको खोपको पछिल्लो अनुदानका लागि फ्रान्स सरकारप्रति कृतज्ञता व्यक्त गर्दछु ।’

फ्रान्सको यो योगदानले कोभिड १९ विरूद्धको लडाइँमा र सबैका लागि अझ सुरक्षित, अझ स्वस्थ भविष्य सुनश्चित गर्ने क्रममा विश्वव्यापी एकता र साझेदारीको महत्वपूर्ण भूमिका दर्शाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ०९ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००