भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने « Khabarhub

भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

मस्को- भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेलको निर्माण गर्ने भएको छ । रुसको सबैभन्दा ठूलो रेल निर्माता ट्रान्समासहोल्डिङले भारतको रेल विकास निगम लिमिटेडसँग रेल निर्माणबारे शेयरहोल्डर सम्झौता गरेको हो ।

दुई संस्थाले संयुक्त रुपमा किनेत रेल्वे सोलुसन नामक कम्पनी स्थापना गरी भारतमा वन्दे भारत रेलको आपूर्ति र मर्मत गर्नेबारे सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार उक्त कम्पनीमा रुसी ट्रान्समासहोल्डिङको ७५ प्रतिशत र भारतको रेल विकास निगमको २५ प्रतिशत शेयर रहने छ ।

यसबारे छिटे भारतीय रेल्वेसँग समझदारीपत्रमा हस्ताक्षार हुने रुसी पक्षको अपेक्षा छ । सम्झौताअनुसार उक्त कम्पनीले १२० वटा लामो दूरीका विद्युतीय रेल निर्माण गर्नेछ ।

त्यसैगरी, सम्झौताअनुसार कम्पनीले आगामी ३५ वर्षसम्म रेल सामग्रीको मर्मत गर्ने अधिकार पनि प्राप्त गर्नेछ । हाल ट्रान्समासहोल्डिङले रुसमा मल्टी युनिट रोलिङ स्टकको निर्माण, आपूर्ति र मर्मत गर्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको