पोखरा महानगरद्वारा मलको मूल्य निर्धारण « Khabarhub

पोखरा महानगरद्वारा मलको मूल्य निर्धारण


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको हो ।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रूपैयाँ ४५ पैसादेखि २१ रूपैयाँ पाँच पैसासम्म निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । डिएपीको ४८ रूपैयाँ ४५ पैसादेखि ५० रूपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रूपैयाँ ४५ पैसादेखि ३८ रूपैयाँ पाँच पैसासम्म तोएिको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नका लागि छनोट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि आव २०७९÷८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डिएपीर पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको छ । गत आवमा पोखरा महानगरमा युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन, डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै