नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन « Khabarhub

नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्ड च्याम्पियनको उपाधि जितेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सिङसँग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड पुगेका बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै सो उपाधि जितेका हुन् ।

मुलेन बक्सिङ प्रमोसनले आयर रेसकोर्स, स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका हुन । 

यो सँगै म्याक्स युरोपियन बक्सिङ च्याम्पियनका लागि पनि छनोट भएका छन् ।

गत शनिवार राति स्कटल्याण्डमा सम्पन्न बक्सिङ प्रतियोगिता जितेसँगै नेपाली बक्सर अर्थात् स्कटीस क्रुजवेट च्यापियन म्याक्स बस्नेतलाई स्कटल्याण्डकै चर्चित तथा पुरानो बक्सिङ क्लब बेल एकेडेमीले आफ्नो को–सीईओमा नियुक्त गरेको छ ।

बेल बक्सिङ एकेडेमी स्कटल्याण्डका को–सीईओमा नियुक्त भएका बस्नेतले नेपालमा सम्भावना बोकेका बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्लेटफर्म उपलब्ध गराउने योजनामा अभ्यास गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : २२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय