एसिया कपका लागि क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान « Khabarhub

एसिया कपका लागि क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । उनीविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गतेका लागि तोकिएसँगै सन्दीप आज पाकिस्तान गएका हुन् ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङले बिदाइ गरेका थिए ।

सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउँदै एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि हिजोका लागि पेशी तोकिएकाले सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १० : ५२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय