विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज भदौ ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सामाजिक सञ्जालमा आलोचना गर्दा त्युदण्डको सजाय
साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो ।

अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले आज एएफपीलाई बताएका हुन् ।

यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेका छन् । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएकामा छन् ।

सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । दश जनाभन्दा कम ‘फलोवर्स’ भएका अलघामदीलाई प्राणदण्डको घोषणा भएकामा मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारको आलोचना गरेका छन् ।

मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मि व्यक्तिहरूको समर्थन गरेका थिए ।

साउदी सरकार मृत्युदण्डका कारण अन्तर्राष्ट्रिय जगत्मा बारम्बार आलोचनाको पात्र बनेको छ । खेपिरहेको छ, गत वर्ष एक सय ७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ ।

साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।

ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु
मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।’ प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन् ।

मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिजस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउँठाउँमा पहिरो र चट्टान खसेका थिए ।

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी पक्राउ

युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेका रूसी नागरिकलाई पक्राउ गरेको छ ।

संघीय सुरक्षा सेवा (एफएसबी) ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ ।

मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो । एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए ।

शोनोभलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावअघि रूसका क्षेत्रहरूमा विरोधको भावना मापन गर्ने जिम्मेवारी दिइएको थियो । शोनोभले मस्कोस्थित अमेरिकी दूतावासको राजनीतिक विभागका दुई कूटनीतिज्ञ जेफरी सिलिन र डेभिड बर्नस्टिनलाई सोधपुछ गर्ने योजना बनाएको एफएसबीले जनाएको छ ।

रुस र पश्चिमा देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक तनाव केही वर्षदेखि बिग्रँदै गएको छ र दुवै पक्षले एक अर्कालाई कूटनीतिक सुविधाहरूमा कर्मचारी सङ्ख्या कटौती गर्न आदेश दिएका छन्, जसले उनीहरूको कार्यहरूमा बाधा पुर्‍याएको छ ।

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता
अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् ।

वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उनको यो पछिल्लो भ्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी वाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनावलाई कम गर्न चीन भ्रमण गरेका हुन् ।

सोमबार बिहान चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भएको भेटमा राइमोन्डोले दुई देशबीचको आर्थिक सम्बन्ध ‘विश्वकै सबैभन्दा महत्वपूर्ण’ भएको बताएका छन् ।

‘हामी बीच ७०० अर्ब डलरको व्यापार छ र म तपाइसँगै सहमत छु कि हामीसँग स्थिर आर्थिक सम्बन्ध हुनु अत्यन्त महत्वपूर्ण छ,’ अमेरिकी वाणिज्य मन्त्रालयले मन्त्री राइमोन्डोलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार बेइजिङ आइपुगेका राईमोन्डोसँग वाणिज्य मन्त्रालयको अमेरिका तथा ओसियाना विभागका निर्देशक लिन फेङ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले भेटवार्ता गरेका थिए ।

सामाजिक सञ्जाल एक्स ९ट्वीटर० मा पोस्ट गर्दै राइमोन्डोले आफ्नो भ्रमणले सम्बन्धमा नयाँ उर्जा दिनेमा आफु आशावादी रहेको बताएका छन् ।

भ्रमणका क्रममा उनले चीनको आर्थिक शक्ति केन्द्र साङ्घाईको पनि भ्रमण गर्ने अमेरिकी वाणिज्य विभागले जनाएको छ । उनी बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । पछिल्लो केही वर्ष यता संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।

वासिङ्टनले राष्ट्रिय सुरक्षाको सुरक्षाका लागि व्यापार प्रतिबन्ध महत्वपूर्ण रहेको बताउँदै आएको छ, तर चीनले यसलाई अमेरिकाले आफ्नो आर्थिक वृद्धिलाई रोक्न खोजेको कदमका रूपमा बुझेको छ ।

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास ९एलपीजी० स्टेसनमा गएराति भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

मन्त्रालयले ३९ जना अग्निनियन्त्रक, दुई जना प्रहरी र दुई जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ ।सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका चार जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको दुईवटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्न भारत र ग्रीस सहमत
भारत र ग्रीसबीच सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्ने विषयमा सहमति भएको छ । ग्रीस भ्रमणका क्रममा यसबारे सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विकास गर्ने विषयमा पनि दुई मुलुक सहमत भएका छन् ।

ग्रीस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले ग्रीक समकक्षी क्रियाकोस मित्सोताकिससँग छलफल गरेका थिए । छलफलका क्रममा दुबै मुलुकका नेताले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा चर्चा गरेका थिए ।

दुई नेताबीच रक्षा, पारवहन, विज्ञान, प्रविधि, साइबर क्षेत्र, शिक्षा, पर्यटन, संस्कृति, कृषिजस्ता क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ५९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन