दार्चुलामा ८५ वर्षीया वृद्धाको हत्या | Khabarhub Khabarhub

दार्चुलामा ८५ वर्षीया वृद्धाको हत्या


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक वृद्धाको हत्या गरिएको छ।

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दको चक्कु प्रहारबाट हत्या गरिएको  आशंका रहेको प्रहरीले जनाएको छ।

उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको घाउ रहेको छ। टोपालीस्थित घरमा एक्लै बस्दै आएकी चन्द  शनिबारदेखि सम्पर्कविहीन भएको भन्दै आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए।

उनको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ३३ बजे

कार्यदलको बैठक सुरु, सहमति जुट्ने  सम्भावना कति ?

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

मनहरी– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता

नाबालिग अपराधको दलदल- अभिभावकको किचलो, अशिक्षा र प्रविधि दुरुपयोग

घटना–१ बैतडी दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी भागरथी भट्टलाई हामीले बिर्सिएका छैनौं

इजरायललाई आइसीजेको फैसला पालना गर्न अष्ट्रेलियाको आग्रह

क्यानबेरा– अष्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप्नुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार