बेनी अस्पताल : ‘बेड’ थपियो, जनशक्ति थपिएन     | Khabarhub Khabarhub

बेनी अस्पताल : ‘बेड’ थपियो, जनशक्ति थपिएन    


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।

६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेको अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताइन् । 

‘विसं २०७२ मा १५ बाट ५० शय्‍यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्‍याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ’, उनले भनिन्, ‘म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।’

विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । 

नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोझ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । 

‘जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै परेको छैन’, उनले भने, ‘सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ ।’

जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र यूएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदन नै नपरेको प्रमुख डा. थापाले बताइन् । 

दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : ५५ बजे

६ करोड ४५ लाख शेयरमा ठगी गरेको आरोपमा लगानीकर्ता अग्रवाल पक्राउ 

काठमाडौं– शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको

अर्थमन्त्री र चीनको सिड्का अध्यक्षबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास

बालेन शासनका तीन वर्ष : कति भयो विकास खर्च ?

काठमाडौं– निक्कै लामो रस्साकस्सीपछि काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०८२/८३

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका छन् । आगामी

विरोधीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री