सुनको मूल्यमा १४०० रुपैयाँले गिरावट « Khabarhub

सुनको मूल्यमा १४०० रुपैयाँले गिरावट


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आयात कोटा बढाउँदा र अन्तर्राष्ट्रिय बजारमै भाउ घट्दा नेपालको बजारमा सुनको मूल्य घटेको हो । बुधबार केन्द्रीय बैंकले सुन आयात कोटा १० किलोबाट २० किलो पुर्‍याउन परिपत्र जारी गरेको थियो । मंगलबारदेखि बिहीबारसम्म सुनको भाउ २६०० रुपैयाँले सस्तिएको छ । 

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन