‘कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पुर्‍याउनुपर्छ’ « Khabarhub

‘कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पुर्‍याउनुपर्छ’


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गरेका छन् । 

आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)बीच भएको अन्तरक्रियामा आयोगका अध्यक्ष डा तिमल्सिनाले कृषि क्षेत्रमा भइरहेका नीति नियमलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले राष्ट्रिय कृषि अनुसन्धान परिषदलाई न्यून लगानीका आयोजना, दीर्घकालीन परियोजना तय गर्न आग्रह गरे । कृषि विषयलाई पाठ्यक्रममा राख्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गर्न आग्रह गरे । 

राष्ट्रिय समावेशी आयोगकी सदस्य बिष्णुमाया ओझाले देशलाई निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउँदै जानुपर्नेमा जोड दिए। ‘कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ । नीति निर्माणका लागि राष्ट्रिय तहमा समन्वय गरेर पहल गर्नुपर्ने छ । निर्यातको सम्भावना भएका कफी, चियालगायतका उपजलाई प्राथमिकता दिनु आवश्यक छ’, उनले भने। 

राष्ट्रिय कृषि अनुसन्धान परिषद कायम मुकायम कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले अहिले देशमा ७२ लाख मेट्रिक टन धान आवश्यक भएकोमा ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भएकाले करिब १७ लाख टन आयात गर्नुपरेको बताए । 

उनले चैते धान उत्पादनमा जोड दिने गरी बजेट बिनियोजन गर्न सुझाव दिएका छन् । कृषि क्षेत्रको विकास गर्न पालिकालाई सूचना, प्रविधि र नवप्रवर्तनसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ । भट्टराईले हाल नार्कले उत्पादन गरेको ४० जातका धान प्रचलनमा रहेको भन्दै उद्यमी किसान र बेरोजगार युवालाई आवासीय तालिमको व्यवस्था गरिरहेको बताए ।

नार्कका योजना तथा समन्वय निर्देशक डा लुमानिधी पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न विशेष पहिचान भएको उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिए । 

‘मासु, अण्डा र दूधमा आत्मनिर्भर भइसकेका छौँ, तर  दाना उद्योगका लागि कच्चा पदार्थ हामीसँग छैन । यो कुरामा पनि ध्यान दिनु आवश्यक छ’, उनले भने।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : २५ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले